Section 20
अस्थायी दर्ताको लागि दरखास्त
(१) दफा १९ मा लेखिएको कुनै अवस्था परी कुनै सवारी पैठारी गर्ने व्यक्ति वा निजको अनुपस्थितिमा निजको नजिकको हकवालाले सो सवारी पैठारी गर्ने व्यक्तिको नाममा अस्थायी रूपमा दर्ता गर्न सो सवारीको भन्सार महसूल तिरेको निस्सा तथा अन्य सम्बन्धित कागजातसहित तोकिएको ढाँचामा तोकिएको दस्तुर समेत संलग्न राखी अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।
(२) उपदफा (१) बमोजिम दरखास्त दिंदा दरखास्तवालाले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि र जसको नाममा अस्थायी दर्ता गरिने हो सो व्यक्तिको हालसालै खिचिएको तीन प्रति फोटो समेत संलग्न गरेको हुनु पर्छ ।